राजनीति

माओवादीको नैतिक विजय: प्रवक्ता भुसाल

भक्तपुर- नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको नैतिक जीत भएको बताएकी छन्।  यद्यपि अपेक्षा अनुसार माओवादी केन्द्रले जीत हासिल गर्न नसकेको उनले बताइन्।

रफत सञ्चार क्लबले शुक्रबार गरेको साक्षात्कारमा उनले यो निर्वाचनमा माओवादी केन्द्र तेस्रो भए पनि जनताले त्रिशक्तिलाई नै मतदान गरेको बताइन् । निर्वाचनमा हार र जीत स्वभावीकै भएको भन्दै उनले सरकारले अहिले ल्याएको बजेट, नीति तथा कार्यक्रम नियमित भएको कारण यस बिषयमा टिकाटिप्पणी गरी आचारसंहिता विपरित भन्नु अर्थहिन भएको बताइन् । 

उनले विगतमा राजनीतिक दलबीच भएको सहमतिका आधारमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रधानमन्त्री दाहालको राजीनामाबारे कुनै शंका गर्न नहुने उनको भनाई थियो। यही गठबन्धनको सरकारले निरन्तरता पाउने दाबी उनले गरिन् । नयाँ गठन हुने सरकार नेपाली काँग्रेसको नेतृत्वमा हुने र यो सरकारलाई सहयोग गर्दै माओवादी केन्द्र सरकारमा सहभागी हुने उनले जनाइन्।

 जेठ ३१ गते दोस्रो चरणको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउँदै उनले यो निर्वाचनमा असन्तुष्ट राजनीतिक दलहरु समेत सहभागी हुने बिश्वास ब्यक्त गरिन्। 

 

प्रकाशित: १२ जेष्ठ २०७४ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App