राजनीति

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

काठमाडौं— उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप गर्दै दुई उपमहानगरलाई महानगरपालिका बनाउन सिफारिश गरिएको छ। सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

सोमबार समितिले पर्सा र मोरङका भारतीय सीमावर्ती सहरहरुलाई महानगरपालिका बनाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

संवैधानिक हैसियतमा गठन भएको स्थानीय तह पुनःसंरचना आयोगले ७१९ वटा स्थानीय तह बनाउन सिफारिश गरेको थियो। सरकारले मधेसीवादी दललाई रिझाउने नाउँमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै  मन्त्रीको संयोजकत्वमा आयोग गठन गरेर जथाभावी स्थानीय तह थपको तयारि गरेको हो।

यसअघि तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलको सिफारिशमा यसअघि २५ वटा बढाइएको थियो। त्यतिबेला पनि अधिकांश स्थानीय तह तराईमा बढाइएको थियो।

प्रकाशित: ८ जेष्ठ २०७४ १३:०७ सोमबार

विराटनगर वीरगञ्ज महानगरपालिका आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश