धादिङ— धादिङको गंगाजमुना गाउँपालिका प्रमुख एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका बलबहादुर अधिकारी र उपाध्यक्षमा एन्जिला तामाङ विजयी भएका हुन्। बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याए नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत पाए।
उपाध्यक्षमा विजयी एमालेकी एन्जिला तामाङले ३ हजार ४ सय २२ मत ल्याएइन्। काँग्रेसका दुर्गा दाहालले ३ हजार १ सय २८ मत ल्याई पराजित भएका छन्।
ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विनोद तिमिल्सिना ५ हजार ९ सय ५४ मत ल्याई विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एमालेका जानुका सिम्खंडा ५ हजार ७ सय ७९ मत ल्याई विजयी भएकी छन्।
अध्यक्षमा विजयी तिमिल्सीनाका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारी ५ हजार ९ सय ३० मत पाए भने उपाध्यक्ष सिंखडाकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत पाएका छन्।
नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको ज्वालामुखी गाउँपालिकामा नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो।
प्रकाशित: ४ जेष्ठ २०७४ ०५:२५ बिहीबार