राजनीति

सुर्खेतको बराहतालमा कांग्रेस विजयी

सुर्खेत- स्थानीय तह निर्वाचन अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार तेजबहादुर बस्नेत विजयी भए। उनले तीन हजार दुई सय २१ मत ल्याए। उनको प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकेशर गौतमले दुई हजार नौ सय ६४ मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्मेदवार बलबहादुर कठायतले एक हजार नौ सय ८४ मत ल्याए।

बराहताल गाउँपालिकाको वडा नम्वर १, ५ र ९ मा नेपाली कांग्रेस, वडा नम्वर २, ७ र १० मा नेकपा एमाले, वडा नम्वर ३, ५ र ९ मा माओवादी केन्द्र तथा वडा नम्वर छ मा स्वतन्त्रको प्यानल विजयी भएको छ । यस्तै चिङ्गाड गाउँपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ।

 

प्रकाशित: ३ जेष्ठ २०७४ ११:३५ बुधबार

सुर्खेतको बराहतालमा कांग्रेस