राजनीति

कीर्तिपुरमा स्थगित मतगणना पुन: सुरु

काठमाडौं- मतगणनामा विवाद भएपछि स्थगित भएको किर्तिपुर नगरपालिकाको मतगणना पुन: सुचारु भएको छ।

नगरपालिकाको वडा नं २ मा मतगणनाको समयमा विवाद भएको थियो। २ नम्वर वडामा एमालेले कांग्रेसलाई २६ मतअन्तरले पराजित गरेको थियो। कांग्रेसले पुन गणना गर्नुपर्ने माग गरेपछि गणना स्थगित भएको थियो। यो विषयमा पछि छलफल गर्ने सहमति अनुसार मतणना सुरु भएको एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले बताए।

अहिले वडा नं ३ र ४ को मतगणना भइरहेको  छ।

प्रकाशित: २ जेष्ठ २०७४ १३:३७ मंगलबार

कीर्तिपुरमा स्थगित मतगणना पुन सुरु