राजनीति

भेरी गङ्गानगरपालिका १ मा  माओवादीको प्यानलै विजयी

सुर्खेत – सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । 

माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् । 

वडाध्यक्ष पदका प्रत्यासी नेपाली काँग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् । रासस 

प्रकाशित: १ जेष्ठ २०७४ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App