राजनीति

सरकारलाई संसदप्रति जबाफदेही बनाउनुपर्छ: सभामुख घिमिरे

फाईल तस्बिर

सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जबाफदेही बनाउनुपर्ने बताएका छन् ।आज काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जबाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन। 

उनले सांसदहरूलाई सरकारलाई संसदप्रति जबाफदेही बनाउने काममा भुमिका खेल्न आग्रह पनि गरे । उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरूलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने धारणा राखे।सभामुख घिमिरेले सरकारले ऐन, कानुनहरूको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए।

सभामुख घिमिरेले सांसदहरुको नीति निर्माण र बजेट बाँडफाँटमा आफूहरूको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए ।सांसदहरूले जनताको भावनाहरूलाई संसदमा मुखरित गर्नुपर्ने उनले धारणा राखे। 

प्रकाशित: १५ असार २०८० १२:३० शुक्रबार

सरकारलाई संसदप्रति जबाफदेही बनाउनुपर्छ: सभामुख घिमिरे