राजनीति

संसद्मा जवाफ दिँदै प्रधानमन्त्रीले प्रस्तुत गरे रिपोर्ट कार्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा आफ्नो छ महिनाको रिपोर्ट कार्ड प्रस्तुत गरेका छन्।  

प्रधानमन्त्री दाहालले आज संसद्मा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगसहितका शिर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा छ महिनाअघि प्रधानमन्त्री बन्दा रिपोर्ट कार्ड प्रस्तुत गर्ने बाचा गरेको स्मरण गर्दै आफ्नो सरकारको रिपोर्ट कार्ड प्रस्तुत गरेका हुन्।  

प्रधानमन्त्री दाहालले देश श्रीलंका बन्नबाट जोगिएको दाबी गरे। 'म प्रधानमन्त्री बन्दै गर्दा आर्थिक संकटले एउटा भाष्य निर्माण भएको थियो, देश श्रीलंकाको बाटोमा जाँदै छ। त्यो आशंका बौद्धिक क्षेत्रमा मात्र होइन, सर्वसाधारणसम्म त्रास फैलिएको थियो। अहिले त्यो अवस्थामा सुधार आएको छ। यसलाई म सरकारको उपलब्धी भनेर खुम्च्याउँन चाहन्न। यो देशकै उपलब्धी हो।' दाहालले भने।  

'विगत छ महिनामा कुल विदेशी विनिमय संचिती २०.९ प्रतिशत बृद्धि भएको छ । अब हामी नौ महिनाका लागि बस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षीत अवस्थामा छौँ। यसैगरी कुल बस्तु व्यापारघाटामा १५.२ प्रतिशतले कमी आएको छ । विप्रेषण उल्लेख्य बढेको छ', दाहालले भने।

प्रकाशित: १३ असार २०८० ०७:०१ बुधबार

संसद्काे प्रश्नकाे जवाफ दिँदा प्रधानमन्त्रीले प्रस्तुत गरे रिपोर्ट कार्ड