राजनीति

रास्वपाद्वारा संसद अवरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा अवरोध गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै रास्वपाले संसद अवरोध गरेको हो।

रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको हो।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको र त्यसक्रममा अर्थमन्त्रीले दिने बताए। तर, रास्वपाले त्यसलाई मानेन र अवरोध गरेको छ।

मंगलबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची पनि छ।

प्रकाशित: १२ असार २०८० ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App