राजनीति

रास्वपाले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा बिहीबार नयाँ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नागरिकको सुख–दुःख विकास निर्माणमा गासिँदै कानुन निर्माणमा सक्रिय हुने बताएका हुन्।

उनले राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने र सांस्कृतिक नक्सा, सीमा समस्या आउँदा कूटनीतिक नोटमार्फत् सरकारले धारणा राखिहाल्नुपर्ने पनि बताए।

लामिछानेले नागरिकता पाउन योग्यहरू नागरिकताबाट बञ्चित हुन नहुनेमा पार्टी प्रष्ट रहेको बताए। तर, वैवाहिक अंगीकृतबारे छलफल गर्नुपर्ने उनको धारणा थियो।  

प्रकाशित: ७ असार २०८० ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App