राजनीति

सुदूरपश्चिममा २९ अर्ब २६ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रवार प्रदेश सभाको बैठकमा २९ अर्ब २६ करोड ५९लाख ३२ हजारको बजेट प्रस्तुत गरेका छन्।

यस बर्ष बजेट चालु आर्थिक बर्ष भन्दा करिव साढे ७ अर्व कम रहेको छ। चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात ३२ दशमलव ७९ प्रतिशत विनियोजन गरिएको छ।

यस्तै पूँजीगतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रुपैयाँ अर्थात् ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले अन्तर सरकारी बित्त हस्तान्तरण अन्तर्गत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८ दशमलव ०२ प्रतिशत र बित्तिय व्यवस्थातर्फ ३० करोड अर्थात १ दशमलव ०३ प्रतिशत विनियोजन गरिएको छ।

प्रकाशित: १ असार २०८० १२:२७ शुक्रबार

सुदूरपश्चिम प्रदेश