राजनीति

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

प्रदेशसभामा दुईदिनसम्म भएको छलफलमा आज बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीले सरकारको प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गर्दा ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम पारित भएको हो।

यसअघि नीति तथा कार्यक्रममा प्रदेशसभामा सत्तापक्ष सांसदले नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ता बाहिर रहेका दलका सदस्यले भने आलोचना गरेका थिए।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि पाँचजना प्रदेश सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए। उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। नीति तथा कार्यक्रममाथि एमालेका प्रदेशसभा सदस्यले संसोधन प्रस्ताव दर्ता गराएका थिए।

एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री, वसन्ती न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो। प्रदेशसभाको आगामी ११ औँ बैठक असार १ गते ३ बजे बस्ने छ। 

प्रकाशित: ३० जेष्ठ २०८० १७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App