राजनीति

संसदमा विरोधपछि रोष्ट्रमबाटै दाहालले भने: मेरो पुरै कुरा सुनेपछि खण्डन गरे हुन्छ नी

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयकबारे उठेका प्रश्नको जवाफ दिंदै गर्दा संसदमा विरोध भएको छ।  

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरुले नागरिकता विधेयकमा उठाएको प्रश्नहरुको जवाफ दिंदै गर्दा संसदमा विरोध भएको हो।

दाहालले भर्खरै प्रमाणीकरण भएको नागरिकता विधेयकबारे स्पष्टिकरण दिइरहँदा पुन सत्तापक्ष र विपक्षी सांसदहरुबीच विवाद भएको हाे।

नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री दाहालले प्रष्टीकरण दिइरहेका बेला एमाले सांसदले उठेर अवरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीलाई बोल्न दिएका थिए।

थापाले बाेलेपछि प्रधानमन्त्री बोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि वादविवादमा उत्रिएका थिए। 

विवादपछि प्रधानमन्त्री दाहालले रोष्ट्रमबाटै भने, ‘मेरो पुरै कुरा सुनेपछि खण्डन गरे हुन्छ नी, बिरोध गरे भइहाल्छ नी। म तथ्य यही राख्दैछु, तपाईले मोबाइलमा राखेको तथ्य अहिले पढेर सुनाउँछु।’

प्रकाशित: २२ जेष्ठ २०८० ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App