राजनीति

नयाँ शक्तिद्वारा जनकपुरस्थित निर्वाचन कार्यालय तोडफोड, १५ पक्राउ

जनकपुर— जनकपुरस्थित जिल्ला निर्वाचन कार्यालय घेराउगरी प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि नयाँ शक्तिका १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य तारादेवी महतो, केन्द्रिय परिषद् सदस्य रुवी मिश्रा, जिल्ला नेता आमना खातुन, रमेश यादव, मोहन झा, रघुनाथ साह, विजय भगत, हेमा झा, सुरेन्द्र यादव, प्रशान्त झा, भरत साह, सुमन ठाकुर, अजयकुमार दास, नरेन्द्रविक्रम साह र मोहम्मद साहिद खान छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिए। निर्वाचन कार्यालय घेराउ गरी प्रदर्शनमा उत्रेका उनीहरुले कार्यालयमा तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ चैत्र २०७३ ०७:०९ सोमबार

शक्तिद्वारा जनकपुरस्थित निर्वाचन कार्यालय तोडफोड १५ पक्राउ