राजनीति

आज दुवै सदनको बैठक बस्दै

आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक  बस्दैछ।  

प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ। त्यसैगरी राष्ट्रिय सभाको  बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

हिजोको बैठकमा विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन।

हिजो दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दै बैठक अवरुद्ध पारेका थिए।

विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री दाहालको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए। 

दुवै सदनमा जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ।

प्रकाशित: २२ जेष्ठ २०८० ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App