राजनीति

व्यवस्थापिका संसद विकास समितिको बैठक मंगलबार

काठमाडौं – व्यवस्थापिका संसद अन्तर्गत विकास समितिको बैठक मंगलबार विकास समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको छ ।
मंगलबार बिहान १० बजे बस्ने उक्त बैठकमा  स्थानीय निकायको पुनसंरचनापछि स्थानीयतहको व्यवस्थापन गर्ने सम्बन्धमा भएको तयारी, समस्या तथा समाधानका सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री तथा सचिवसँग छलफल गरिने  विकास समिति सचिवालयले जनाएको छ । 

प्रकाशित: ६ चैत्र २०७३ ०४:५६ आइतबार

व्यवस्थापिका संसद विकास समितिको बैठक मंगलबार