राजनीति

एसएसबीद्वारा मारिएका गौतमको परिवारलाई ५ लाख हस्तान्तरण

पुनर्वास(कंचनपुर)- भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट मारिएका सहिद गौविन्द गौतमको परिवारलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शनिवार ५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। एमालेका तर्फवाट दिने भनिएको ५ लाख शनिवार घरमै पुगेर गौतमकी आमा हरीदेवी गौतम लाई हस्तान्तरण गरेका हुन। यसै गरी देशको भुभाग जोगाउने क्रममा सहादत गरेको भन्दै गौतमका परिवारलाई सम्मानपत्र र छोरीका लागी एक ल्यापटप उपलब्ध गराएका छन्।

नेकपा एमालेका उपाध्यक्ष भीम रावल शनिवार बिहान घरमा पुगेर क्रियामा वसेकी गौतमकी पत्नी सुशीला गौतम , क्रियामा वसेका ७२ बर्षिय बृद्ध बुवा खिमलाल गौतम, आमा हरीदेवी गौतम लगायतकालाई भेटेर सहानुभुती र समबेदना व्यक्त गरेका थिए। ‘देशको भुमीको रक्षार्थ सहादत प्राप्त गरेको सहिद गोविन्द गौतम प्रति एमाले उच्च सम्मान व्यक्त गर्दछ ’उनले भने ,‘तपाईहरुको साथमा एमाले छ , छोरी पढाउने देखी सवै समस्या एमालेले हेर्ने छ भनेर भन्नका लागी म आएको हुँ । ’ गौविन्द गौतमका आफन्तले हत्यारालाई कारवाही गर्नुपर्ने माग उपाध्यक्ष रावल समक्ष राखेका थिए।

विवाद भएको सीमाको छिनोफानो गर्न उच्च तहमा कमिटी बनाएर कुटनीतिक रुपमा पहल गरेर समाधान गर्न सरकारको ध्यानाकर्षण गराइसकेको उनले बताए।

घाइते टीकाराम चापागाईको परिवारलाई पनि रु ५० हजार उपलब्ध एमाले कंचनपुरका अध्यक्ष तारा लामाले बताए।

यसैगरी स्थानीय वासिन्दाले ७ बुदे लिखित माग सहित एक ज्ञापन पत्र उनलाई दिएका छन। सहिद गोविन्द गौतम सिमा सुरक्षा संघर्ष समितीका अध्यक्ष चन्द्र मणी गरीको हक्ष्ताक्षर रहेको ज्ञापनपत्रमा हत्यारालाई कारवाही गरिनुपर्ने,यथाशिघ्र सीमा स्तम्भ राखिनुपर्ने,घाइतेहरुको औषधी उपचार गराउनुपर्ने,सिमा स्तम्भ कायम नभएसम्म यस क्षेत्रको खुला सीमा बन्द गरिनुपर्ने, यस क्षेत्रमा शसस्त्र प्रहरीको वेस क्याम्प राखिनुपर्ने माग ररहेका छन्।

यसैगरी सहिदको क्षतीपुर्ती बढाएर ५० लाख बनाइनुपर्ने, भारतीय पक्षले माफी मागी उचित क्षतीपुर्ती भराउन पहल गर्नुपर्ने माग राखेका छन्।

 

 

प्रकाशित: ५ चैत्र २०७३ १२:२५ शनिबार

एसएसबीद्वारा मारिएका गौतमको परिवारलाई हस्तान्तरण