राजनीति

महोत्तरीको ७ गाउँपालिकामा बोर्ड झुण्डयाउन अवरोध, कामकाज सुचारु हुन सकेन

महोत्तरी – सरकारले स्थानीय तह पुनसंर्चना गरे अनुसार महोत्तरीमा तोकिएको स्थानीय तह अन्तर्गत ३ नगरपालिका र १२ गाउँपालिका कार्यान्वयन तर्फ अगाडि बढाए संगै ७ वटा गाउँपालिमा विरोध भएको छ । 
महोत्तरीमा तोकिएको १२ गाउँपालिका मध्ये पिपरागाउँपालिका, मटिहानी गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगहा गाउँपालिका र लोहारपट्टि गाउँपालिमा साईन बोर्ड भुण्डयाएर काम सूचारु भएपनि बाँकी ७ वटा गाउँपालिमा स्थानिय बासिन्दा र मधेसी मोर्चाका नेताहरूले विरोध गरेपछि काम अवरुद्ध भएको छ ।
बलवा गाउँपालिकामा बिहीबार स्थानियहरूले गाउँपालिका उल्लेखित साईनबोर्ड झुण्डयाउन अवरोध गरेका छन् भने, सोनमा गाउँपालिकामा स्थानियहरूले बोर्ड झुण्डयाउन नदिएपछि सोही गाउँपालिका अन्तर्गत पर्ने रघुनाथपुर स्थित प्रहरी चौकीमा गाउँ पालिकाको बोर्ड लगेर थन्काइएको छ । 
त्यसैगरी औरही  गाउँपालिका , एकडारा गाउँपालिका  सम्सी गाउँपालिकामा पनि स्थानिय बासिन्दा र मधेसी मोर्चाले गाउँ पालिकाको बोर्ड झुण्डयाउन दिएका छैन ।
रामगोपालपुर गाउँपालिमा स्थानिय बासिन्दा र मधेसी मोर्चाका नेता कार्यकर्ताहरूले तालाबन्दी गरी दिएपछि कामकाज शुरु हुन नसकेको स्थानिय बासिन्दाले जनाएको छ । 
 

प्रकाशित: ३ चैत्र २०७३ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App