राजनीति

पूर्वप्रधानमन्त्री नेपाल भन्छन्- ‘बनिसकेको सरकार हातबाट फुत्कियो भनेर सत्तोसराप गरेर हुदैन।’

फाइल तस्बिर

नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकले अर्कालाई घोचपेच गरेर मात्र नहुने उल्लेख गर्दै बनिसकेको सरकार आफ्नो हातबाट फुत्कियो भनेर अरुको सत्तोसराप गर्न नहुने भन्दै घोचपेच गरेका छन्।  

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कसैको नाम उल्लेख नगरी भने, ‘बनिसकेको सरकार आफ्नो हातबाट फुत्कियो । यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुदैन। सबैभन्दा ठूलो समस्या आफुभित्र के कमजोरी रहे त्यसको समिक्षा गरौं, पहिचान गरौं। सुधार गरौं।’  

अध्यक्ष नेपालका भनाईले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई संकेत गरिरहेका थिए। उनले थपे, ‘आफ्नो पिडा, व्यथा पोखेर मात्र हुदैन। सरकारमा बस्न सकिने त्यो बेग्लै कुरा हो। किन बस्न सकिएन त्यो पछाडी पनि लाई दोष दिएर हुदैन।’

अध्यक्ष नेपालले फेरी थपे, ‘यो व्यक्तिवादको रोग हो। आफुलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। तेस्रो अवमूल्यन गर्ने प्रवृत्रि हो। आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो।’  

उनले भ्रष्टाचारमा चुलूम्म डुब्ने प्रवृतिबाट मुक्त हुन पनि आग्रह गरे। ‘कुरा एउटा काम अर्को । कुरामा ठूला-ठूला उपदेश छाटने प्रवृत्ति ज्यादा छ। साँचो अर्थमा इमान्दारिता छ भने कुनैपनि समस्या समाधान गर्न सकिन्छ’, नेपालले भने।  

उनले प्रधानमन्त्री दाहाललाई इमान्दार र लगनशिलताका साथ अघि बढन आग्रह गरे । अध्यक्ष नेपालले भ्रष्टाचारको जालो तोड्न पनि आग्रह गरे।

प्रकाशित: ८ जेष्ठ २०८० ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App