राजनीति

आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ।  

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले जेठ ५ गते संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन। 

त्यसैगरी वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले संशोधन गर्ने र छलफलमा भाग लिने कार्यसूचि रहेको छ। साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यसुची रहेको छ। त्यस्तै राष्ट्रिय सभाको बैठकमा पनि सरकारले जेठ ५ गते प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। 

प्रकाशित: ७ जेष्ठ २०८० ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App