राजनीति

दाहाल र देउवाको आग्रहमा हामी सरकारमा : राप्रपा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा अध्यक्ष कमल थापासहित दुई मन्त्री र एक राज्यमन्त्री थप हुन लागेको राप्रपाले जनाएको छ।

राप्रपाका अनुसार पार्टी अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री, दिलनाथ गिरी मन्त्री तथा परशुराम तामाङ राज्यमन्त्री हुनेछन्।

निर्धारित समयभित्र निर्वाचन सम्पन्न गर्न तथा संविधानको कार्यान्वयनका लागि राप्रपा शीर्ष नेतृत्व नै मन्त्रिपरिषदमा सहभागी होस् भनी प्रधानमन्त्री दाहाल तथा कांग्रेस सभापति देउवाले गरेको आग्रहअनुसार तीन मन्त्री थप हुन लागेको राप्रपाले जनाएको छ।

राप्रपाका अनुसार पार्टी अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री, दिलनाथ गिरी मन्त्री तथा परशुराम तामाङ राज्यमन्त्री हुनेछन्।

प्रकाशित: २६ फाल्गुन २०७३ ११:२९ बिहीबार

दाहाल देउवाको आग्रहमा हामी सरकारमा राप्रपा