राजनीति

देउवाले भने– 'बोर्डर कुरेका मधेसीको भावना कदर गरौं'

पोखरा– कांग्रेस सभापति शेरबहादुर देउवाले बोर्डर कुरेर बसेका मधेसी जनतालाई अविश्वास गर्न नहुने बताएका छन् । मधेसी जनताको भावनालाई सबैले सम्मान गर्नुपर्ने उनले बताए।

‘मधेसीको भावनालाई कदर गर्नुपर्छ,' उनले भने, 'मधेसी जनताको भावना अनुरुप हिड्नुपर्छ। एमालेले त्यसमा सहयोग गर्नुपर्याे।’ 

‘मधेसी जनतालाई अविश्वास गर्न हुँदैन, उनीहरुलाई विश्वासमा ल्याउनुपर्छ,’ पोखरामा विहीबार सञ्चारकर्मीसँग देउवाले भने, ‘उनीहरु बोर्डर कुरेर बसेका छन्। उनीहरुको सम्मान गर्नुपर्छ।’ 

मधेसी जनताको भावनालाई सम्मान गर्दै कांग्रेसले संविधान संशोधन प्रस्ताव राखेको उनले बताए । 

‘म एमालेलाई अनुरोध गर्न चाहन्छु कि मधेसीको भावना अनुसारको संशोधन प्रस्तावमा सपोर्ट गरेर पास गराइदिनुपर्छ। त्यसले एमालेलाई पनि राम्रो हुनेछ,’ उनले भने, ‘मधेस विरोधी भन्ने पारेर एमालेलाई केही फाइदा छैन।’ मधेसीको भावनालाई कदर गर्नुपर्छ। मधेसी जनताको भावना अनुरुप हिड्नुपर्छ। एमालेले त्यसमा सहयोग गर्नुपर्याे ।’

मधेसी, पहाडी र तराईका जनताबीच रहेको सौहार्दपूर्ण सम्बन्धलाई कतैबाट खल्बल्याउनु नहुने सभापति देउवाको भनाई छ । स्थानीय तहको निर्वाचन स्थगन गर्नुपर्छ भन्ने मधेसी मोर्चाको माग र कुनै बहानामा रोक्न हुन्न भन्ने एमालेको भनाइप्रति पार्टी सभापति देउवाले त्यसबारेमा छलफल गर्नुपर्ने बताए । ‘त्यो बारेमा कुरा गर्नुपर्छ,’ उनले भने । 

त्यसैगरी कांग्रेसको पोखरा नगर सम्मेलनमा बोल्दै पार्टी सभापति देउवाले स्थानीय तहको निर्वाचनमा ‘हाम्रो र मेरो नभई’ जित्ने उम्मेद्वारलाई मात्र टिकट दिने बताए ।

‘तेरो मेरो नभनी जित्नेलाई मात्र टिकट दिने हो । कसैले पार्टी निर्णय नमानेर घात–अन्तर्घात गर्छ भने पार्टी कडा रुपमा प्रस्तुत हुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसमा कारवाहि नगरेर मनपरि भएको हो । पार्टीको नीति विपरित भए कारवाहि हुनेछ ।’ 

प्रकाशित: २६ फाल्गुन २०७३ ०९:०९ बिहीबार

देउवाले भने– बोर्डर कुरेका मधेसीको भावना कदर गरौं