राजनीति

एमालेको मेची–महाकाली अभियान २७ गतेबाट पुनः शुरू हुने

चितवन—सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान शुक्रबारबाट पुनः हेटौंडादेखि सुरु हुने भएको छ। 

नेकपा (एमाले) चितवनले पत्रकार सम्मेलन आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत र्‍याली र आमसभा गर्ने जनाएको छ। जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताए। 

बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार भन्दा बढीको मोटरसाइकल र्‍याली भरतपुरको चौबिस कोठीमा आएर जम्मा हुने सहभागीसहितको वृहत र्‍याली नदी किनारमा पुगेर सभामा परिणत हुने उनले बताए। 

सभामा ५० हजार सहभागी हुने लक्ष्य राखिएको बताउँदै पोखरेलले र्‍यालीमा विभिन्न जातजाति, समुदायको झाँकी प्रस्तुत गर्ने पनि उल्लेख गरे। सो अवसरमा जारी विज्ञप्तिमा फागुन २३ गते सप्तरीमा भएको शान्तिपूर्ण आमसभा बिथोल्ने प्रयास भएकोमा दुःखव्यक्त गरिएको छ। 

फागुन २१ गते पूर्वको काँकडभित्ताबाट सुरु भएको अभियान चैत ७ गते सुर्खेतमा पुगेर सम्पन्न गर्ने योजना छ। सप्तरीमा झडपपछि अभियान तीन दिनका लागि स्थगित छ। रासस 

प्रकाशित: २५ फाल्गुन २०७३ ११:४९ बुधबार

एमालेको मेची–महाकाली अभियान २७ गतेबाट पुनः शुरू हुने