राजनीति

तीन पूर्व प्रधानमन्त्री सहित एमाले टोली २ नम्बर प्रदेशमा

इनरुवाको जनसभा र इन्सेटमा तराईको पोशाकमा ओली।

इनरुवा (सुनसरी)— तीन पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपालसहित एमालेको मेची-महाकाली अभियानको एमाले टोली प्रदेश नम्बर २ सप्तरी पुगेको छ।

झन्डै तीन किलो मिटर लामो टोलीको अगुवाई एमालेका शीर्ष नेताहरुले गरिरहेका छन्।  मेची-महाकाली अभियानको गाडीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल छन्।

झन्डै तीन किलो मिटर लामो टोलीको अगुवाई एमालेका शीर्ष नेताहरुले गरिरहेका छन्।  मेची-महाकाली अभियानको गाडीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल छन्।

करिब पाँच हजार जतिको अभियानका सहभागीहरु मोटरसाइकल, बस र निजी सवारी साधनमा सवार छन्। सुरक्षाकर्मीले उनीहरुलाई अगाडि पछाडिबाट सुरक्षा दिइरहेको छ। एमाले अध्यक्ष ओलीले तराई सुहाउँदो कुर्ता सुरुवाल र गम्छामा देखिएका छन्।

आतंक चाहनेले चम्बलघाँटी गए हुन्छः पण्डित

मेची-महाकाली अभियान अन्तर्गत प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार सुनसरी सदरमुकाम इनररुवामा आमसभा सम्पन्न गरेको छ। सप्तरीमा एमाले स्थल नजिकै शंकास्पद बस्तु राखेर आतंक फैलाउन खोजेको सन्दर्भ उल्लेख गर्दै एमाले नेता लालबाबु पण्डितले हिंसा र आतंक चाहनेहरु चम्बल घाँटी गए हुने बताए।

'एमालेको कसैसँग दुस्मनी गर्दैन। प्रतिरोध गर्न आउनेलाई चिरेर अगाडि बढ्छ', उनले भने, 'हामी मधेसमा कमजोर छैनौं। आतंक चाहनेहरुले चम्मलको घाँटी गए हुन्छ। यो बुद्धको देश हो यहाँ आतंक चल्दैन।' उत्तर प्रदेशको चम्मलघाँटी डाँकाहरुको प्रभाव क्षेत्र हो।

ओली सरकारले तराईका प्रत्येक सदरमुकामको विकासका लागि ५० करोड रुपैयाँ छुट्याएको स्मरण गर्दै उनले एमाले मधेसविरोधी पार्टी नभएको बताए। 'प्रत्येक सदरमुकामलाई ५० करोड तराईमा कसले दिएको हो। तराईलाई वास्तविक रुपमा कसले बुझेको रहेछ त्यो चुनाबमा देखिनेछ', उनले भने। एमाले आगामी चुनाबमा पहिलो पार्टी हुने उनको भनाइ थियो।

एमालेकी वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले एमाले मधेसविरोधी नभई समावेशी पार्टी भएको बताइन्।

प्रकाशित: २३ फाल्गुन २०७३ ०७:५६ सोमबार

पूर्व प्रधानमन्त्री सहित एमाले टोली नम्बर प्रदेशमा