राजनीति

२५ स्थानीय तह थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं- स्थानीय विकास मन्त्रालयलले २५ वटा स्थानीय तह थप्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ। स्थानीय निकाय पुर्नसंरचना आयोगले ७१९ स्थानीय तह निर्धारण गरेको थियो।

स्रोतका अनुसार मन्त्रालयले प्रदेश नम्वर २ का ८ जिल्लामा २१ स्थानीय तह थप गर्न प्रस्ताव गरेको छ। यस्तै मनाङ र बझाङमा १/१ तह थप गर्ने प्रस्ताव गरिएको छ। काठमाडौंमा २ वटा स्थानीय तह थप्न प्रस्ताव गरिएको छ।

स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुर्नसंरचना आयोगको प्रतिवेदनका आधारमा यो प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पेश गरेको स्रोतले बताएको छ। सिंह दरवारमा अहिले मन्त्रिपरिषदको बैठक वसिरहेको छ।

 

 

प्रकाशित: २२ फाल्गुन २०७३ १४:०६ आइतबार

२५ स्थानीय तह थप्ने प्रस्ताव मन्त्रिपरिषदमा