राजनीति

टोपबहादुरलाई एमालेले निलम्बन गर्यो, आत्मसमर्पणको तयारी

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ।  राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

यसैबीच रायमाझीले प्रहरीले समक्ष आत्मसमर्पण गर्ने तयारी गरेका छन्।  पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझीले आत्मसमर्पणको तयारी गरेको स्रोतले बताएको छ। 

रायमाझीका छाेरा सन्दिप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन्। प्रहरीले आजै  पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाइ पक्राउ गरेकाे छ। यस प्रकरणमा अहिले सम्म १२ जना पक्राउ परिसकेका छन्। यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित: २७ वैशाख २०८० ०८:२१ बुधबार

टोपबहादुरलाई एमालेले निलम्बन गर्यो आत्मसमर्पणको तयारी