राजनीति

निर्वाचनमा जान दवाब दिँदै बन्यो यस्तो भिडियो

काठमाडौं- देशमा स्थानीय निर्वाचन नभएको दुई दशक वित्न आँट्यो। स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सबै पक्षबाट दवाब पनि परिरहेको छ। २०७४ माघ ७ भित्र निर्वाचन गरिसक्नु पर्ने संविधानमै किटान समेत गरिएको छ।

निर्वाचनको चर्चा चलिरहँदा सामाजिक संञ्जालमा स्थानीय तहको निर्वाचनको लागि दवाब स्वरुप रचनात्मक अभियान सुरु भएको छ। यूटुवमा निर्वाचनको लागि दावाब दिँदै रमाइलो भिडियो पोष्ट भएको छ। जुन भिडियोमा निर्वाचन भएको खण्डमा देशमा आउन सक्ने खतरा औंल्याइएको छ। टेलिभिजन समाचार शैलीमा बनाइएको भिडियोमा देश प्रतिगमन तर्फ जान सक्ने खतरा औंल्याइएको छ।

इन्डिपेन्डेन्स सिटिजन्स कोलिसन्सले बनाएको भिडियोमा निर्वाचन नभएमा देश अधिनायकवाद तर्फ जान सक्ने औंल्याइएको छ।  

निर्वाचनको लागि दवाब स्वरुप भिडियो बनाइएको कोलिसन्सका जगन्नाथ लामिछाने ले बताए। भिडियोमा देखाइएका पात्रहरु सिम्बोलिक मात्र भएको उनको भनाई छ।

भिडियो:

प्रकाशित: ९ फाल्गुन २०७३ ०६:४१ सोमबार

निर्वाचनमा जान दवाब दिँदै बन्यो यस्तो भिडियो