राजनीति

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन्।

आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सो मन्त्रालयको जिम्मेवारी यसअघि मन्त्री महिन्द्र राय यादवले सम्हाल्दै आएका थिए। अहिले यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

आचार्य आजै मन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: २४ वैशाख २०८० ०८:०९ आइतबार

सुरेन्द्रराज आचार्य