काठमाडौं- संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य गुलाम सरोवर सेख एमालेमा प्रवेश गरेका छन्। पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव इश्वर पोखरलेले सेख सहितका नेताहरुलाई एमालेमा प्रवेश गराए। सेख फोरमका मुस्लिम विभाग प्रमुख थिए।
कार्यक्रममा बोल्दै पोखरेलले सरकारले संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताए। संविधान संशोधन अहिलेको प्रमुख आवश्यकता नभइ संविधान कार्यान्वनको लागि निर्वाचन भएको धारणा राखे।
प्रकाशित: २९ माघ २०७३ ०८:५० शनिबार