राजनीति

उत्पीडित समुदायको अधिकारका लागि संविधान कार्यान्वयन अावश्यकः मन्त्री खड्का

काठमाडौँ– महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले आदिवासी जनजाति, दलित, महिलालगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय महिला आयोग र वियोण्ड बेइजिङ कमिटीद्वारा यहाँ शुक्रबार आयोजित ‘दिगो विकासका लागि लैङ्गिक सशक्तीकरणमुखी प्रयास र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री खड्काले सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्त गर्न जतिसक्दो चाँडो कानुन बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले महिलालाई हुने पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेबारे मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए। महिला आयोगकी कावा अध्यक्ष भगवती घिमिरेले समग्रमा महिला हिंसाका घटना बढ्दै आएको अवस्थामा जतिसक्दो चाँडो संविधानका आधारमा कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित: २८ माघ २०७३ १३:२४ शुक्रबार

उत्पीडित समुदायको अधिकारका लागि संविधान कार्यान्वयन अावश्यकः मन्त्री खड्का