राजनीति

कुन भोटिङ मेसिन किन्ने सरकारको अधिकार हो : प्रमुख आयुक्त यादव

काठमाडौं—प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबले भोटिङ मेसिन किन्ने विषय सरकारको अधिकार भएको बताएका छन्।

‘हामी निश्चित प्रक्रिया पूरा गरेर मात्र ल्याउँछौं। मेशिन किन्ने कुरा त सरकारको अधिकारको कुरा हो’, रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालमा कुनै भोटिङ मेसिन नै छैनन्।’

निर्वाचन मिति घोषणा नहुँदै वेलायतको विवादित कम्पनीसँग बिनाप्रतिस्पर्धा १६ अर्ब २० करोडको विद्युतीय मतदान मेसिन किन्न चलखेल भएको समाचार नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिकले सार्वजनिक गरेपछि बिहीबार प्रमुख आयुक्तको यस्तो टिप्पणी गरेका हुन्।

‘हामी निश्चित प्रक्रिया पूरा गरेर मात्र ल्याउँछौं। मेशिन किन्ने कुरा त सरकारको अधिकारको कुरा हो’, रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालमा कुनै भोटिङ मेसिन नै छैनन्।’

नेपाली कम्पनीहरुले नेपालकै उत्पादन प्रयोग गरिनु पर्ने बताउँदै आएका छन्। नेपालमा एसेम्बल्ड भएका मेशिनको प्रमाणिकरण नरहेको भन्दै उनले विदेशी मेसिन नै किन्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा प्रमुख आयुक्त यादबबीचको समझदारीमा बिना प्रतिस्पर्धा वेलायतको विवादित स्मार्टम्याटिक कम्पनीको भोटिङ मेसिन प्रयोगमा ल्याउन खोजिएको मिडियाबाट खुलासा भएको थियो। गतसाता आयोगमा निर्वाचनसम्बन्धी छलफल गर्ने भनेर राजनीतिक दलका नेताहरु बोलाएर सो कम्पनीको प्रस्तुति सुनाइएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख आयुक्त यादबबीच छलफल भएर यो कम्पनी छनौट गरिएको स्रोतहरुको दाबी छ।

आयोगमा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले वेलायती कम्पनीको भोटिङ मेसिन किन्नैपर्ने उल्लेख गरेका थिए। साक्षात्कार कार्यक्रममा प्रमुख आयुक्तले सबै अध्ययन गरेर मात्र मेसिन चयन गर्ने जनाए।

प्रकाशित: २७ माघ २०७३ १०:३३ बिहीबार

भोटिङ मेसिन किन्ने सरकारको अधिकार हो प्रमुख आयुक्त यादव