राजनीति

लम्पसारवादबाट यो सरकारको उदयः ओली

एमाले अध्यक्ष ओली। फाइल तस्विर

काठमाडौं—एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई विदेश नीति थाहा नभएको भन्दै सरकारको जन्म लम्पसारवादबाटै भएको आरोप लगाएका छन्।

‘सरकारलाई विदेश नीति थाहा छैन केवल लम्पसारवाद मात्र थाहा छ’

'केही दिनअघि मैले सरकारलाई साझा विदेश नीति बनाउन प्रस्ताव राखेको थिएँ', युवा संघ केन्द्रीय समिति बैठक उद्‌घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘सरकारलाई विदेश नीति थाहा छैन केवल लम्पसारवाद मात्र थाहा छ।’

लम्पसारवादबाट उदय भएको सरकारमा सामेल भएर एमालेले आफ्नो कद नघटाउने उनको भनाइ थियो। यसअघि एउटा कार्यक्रममा अध्यक्ष ओलीले यो सरकारका लागि ुलम्सारवादु शब्दको उपमा सबैभन्दा सही हुने भन्दै त्यसलाई प्रयोगमा ल्याउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई धन्यवाद दिएका थिए। युवा संघका कार्यकर्ताबीच उनले सरकारको आलोचना गर्न आइतबार सो शब्दको भरपूर उपयोग गरे।

सरकारले राष्ट्रहितविपरित काम गरिरहेको भन्दै संविधानअनुसार चुनाब गराउन तयारी नगरेको आरोप लगाए।

प्रकाशित: २३ माघ २०७३ १४:११ आइतबार

लम्पसारवादबाट सरकारको उदयः ओली