राजनीति

निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ: नेता खड्का

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केन्द्रिय सदस्य खड्काले भने,‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजिनामा दिएर बाटो खोलिदिनुपर्छ, सहज रुपमा राजिनामा दिनुपर्छ।’

कार्यक्रमा बोल्दै खड्काले भने,‘माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन, त्यसैले यो सरकार बैशाखसम्ममात्रै हो, काँग्रेससँग सम्झौता भएको छ।’ उनले प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे।

प्रकाशित: १८ माघ २०७३ ०९:५० मंगलबार

निर्वाचनको घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा पर्छ नेता खड्का