राजनीति

प्रधानमन्त्रीले निर्वाचनबारे दलीय परामर्श गर्दै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्ने भएका छन्।   
प्रधानमन्त्रीले सोमबार बिहान सत्ता साझेदार दल नेपाली काँग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले मोर्चालाई बालुवाटार बोलाएको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

उनले संशोधनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको अर्थ नहुने भन्दै मोर्चाले बैठकमा यिनै विषयमा जोड दिने बताए। रासस

 

प्रकाशित: १६ माघ २०७३ १४:३२ आइतबार

प्रधानमन्त्रीले निर्वाचनबारे दलीय परामर्श गर्दै