राजनीति

‘सिके राउँतलाई सरकार किन पक्राउ गर्दैन?’

काठमाडौं— मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद डा.सुबोध पोखरेलले राष्ट्र विखण्डनकारी अभिव्यक्ति दिनेहरुलाई सरकारले छुट दिइरहेको बताएका छन्। आइतबार संसदमा बोल्दै उनले राष्ट्र विखण्डनकारी अभिव्यक्ति दिने सिके राउँतलाई सरकारले छुट दिइरहेको बताए।

‘माघ ५ गते लाहानमा सिके राउत भन्ने व्यक्तिले राष्ट्र विखण्डनकारी कुराहरु गरेर जनतालाई भ्रमित तुल्याउन खोजेको र राष्ट्रघाती काम गरेको छापा, सामाजिक सञ्जालमा आएको छ’, उनले भने, ‘त्यो भूत हो भने त्यसको व्याख्या सरकारले दिनु पर्‍यो। मान्छे हो त्यसलाई गिरफ्तार गर्ने आँट सरकारले किन गर्दैैन?’ 

राष्ट्र विखण्डनकारीलाई छुट दिने सरकारको शैलीले देशको अस्मिता, अखण्डता र सार्वभौमसत्ता संकटमा परेको उनले बताए। ‘राष्ट्र विखण्डनकारीलाई सरकारले छुट दिन्छ भने देशको अण्डता रक्षाबारे को जवाफदेही हुने? त्यसको जवाफ जनताले खोजिरहेका छन्’, उनले भने।

यो देशको राष्ट्रिय अखण्डता बचाउन संघीयताका कुनै फर्मुला काम नलाग्ने भन्दै उनले पाँच विकास क्षेत्रलाई पाँच प्रदेशको प्रस्ताव अाउनुपर्ने बताए।

 

प्रकाशित: १० माघ २०७३ १४:१० सोमबार

सिके राउँतलाई सरकार किन पक्राउ गर्दैन