काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ ।
प्रतिनिधिमण्डलका नेता तथा इन्टरपोलका अध्यक्ष मेङ होङवेल र महासचिव जर्गन स्टकलगायतले शीतल निवासमा शिष्टाचार भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
प्रकाशित: ६ माघ २०७३ १३:२९ बिहीबार