राजनीति

राष्ट्रपति पौडेल अस्पताल भर्ना,थप उपचारका लागि भारत लाने तयारी

स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका  राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।  

अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी भएको बताईएको छ।  

भोलि बुधबार बिहान एयर एम्बुलेन्समार्फत भारत लाने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

ग्यास्ट्रिकको समस्या देखिएपछि हिजो (सोमबार)पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए।

हिजो उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई हिजै निवास फर्काएको थियो। 

प्रकाशित: ५ वैशाख २०८० १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App