राजनीति

लुम्बिनीका मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरिले आगामी ११ गते विश्वासको मत लिने भएका छन्।

आफ्नो समर्थनमा रहेका २२ सांसदले समर्थन फिर्ता लिएपछी उनले विश्वासको मत लिन लागेका हुन्।

उनी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। गत चैत १२ गते माओवादी लगाएत वर्तमान गठबन्धनमा रहेका दलहरुले सरकारलार्ई दिएको समर्थन फिर्ता लिएपछी उनले एक महिना भित्रमा विश्वासको मत लिनु पर्ने हुन्छ।  

एक महिन पुग्नु भन्दा एक दिन अगाडी बैशाख ११ मा उनले विश्वासको मत माग्ने निर्णयमा पुगेको उनका प्रेस सल्लाहकार टीका बस्नेतले जानकारी दिए। गठबन्धमा आवद्ध दलहरुले नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डिल्ली बहादिर चौधरिलाइ मुख्यमन्त्री नियुक्ती माग गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरिसकेका छन्।

प्रकाशित: ४ वैशाख २०८० ११:०८ सोमबार

लुम्बिनी प्रदेश