राजनीति

संविधान संशोधनमार्फत् हाम्रा पूरा गर: वैश्य समुदाय

दमक—राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ।  देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधनमार्फत् आफ्ना माग पूरा गराउन दबाब दिएका हुन्।

 देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधनमार्फत् आफ्ना माग पूरा गराउन दबाब दिएका हुन्।

वैश्यहरुको मागलाई संविधानमा समेट्नका लागि दबाब दिन महासङ्घको युवा टोलीले मेची–महाकाली वैश्य पहिचान अभियानको आरम्भ गरेको छ। 

झापामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका केन्द्रीय महासचिव राजीव शाहले नेपालमा रहेका सबै वैश्य व्यवसायी भएको र राजनीतिक दललाई आफूहरुले सहयोग गरे पनि आफ्नो पहिचानलाई ख्याल नगरेको आरोप लगाए। 

पत्रकार सम्मेलनमा महासङ्घका कोषाध्यक्ष श्यामनारायण शाहले २५ जाति रहेको वैश्य समाजको राजनीतिमा पहुँच बढाउन आवश्यक भएको बताए। नेपालमा वैश्य समुदाय करिब ३० लाखको हाराहारीमा रहेको बताइएको छ। रासस 

प्रकाशित: २ माघ २०७३ ०८:२४ आइतबार

संविधान संशोधनमार्फत् हाम्रा पूरा वैश्य समुदाय