राजनीति

संशोधन प्रस्ताव सफल हुन्न: एमाले सचिव गुरुङ

भैरहवा- नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले कुनै हालतमा संशोधन प्रस्ताव सफल हुन नदिने बताएका छन्। संशोधन प्रस्ताव बिरुद्ध नेकपा एमालेले बुधबार भैरहवामा आयोजना गरेको विरोध सभा बोल्दै उनले ५ नम्बर प्रदेशलाई टुक्राउने कि नटुक्राउने बिषयमा छलफल थालिए त्यसलाई नजिर बनाएर अन्य प्रदेशहरु पनि बिखन्डन तर्फ जान सक्ने चेतावनी दिए। प्रचण्ड सरकारले भारतको इसारामा मधेसी तथा पहाडी जनतालाई अलग गर्न सो प्रस्ताव  ल्याएको र त्यसलाइ जसरी पनि फेल गराउने दावी गुरुङले गरे।

विरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य बद्रे आलम, नेकपा माले स्थायी कमिटी सदस्य गोपाल मणि गौतम, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष चित्र बहादुर थापा, नेकपा माक्र्सवादीका जिल्ला अध्यक्ष राम प्रसाद भट्टराई, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरि सुन्दर वासी, अखण्ड नेपाल पार्टीका दल बहादुर बिसी, अखण्ड नेपाल पार्टीका दल बहादुर बिसी लगायतले बोल्दै बर्तमान  सरकार भारत परस्त भएको आरोप लगाउदै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग हुन नदिने दावी गरे।

 

 

प्रकाशित: २७ पुस २०७३ १४:०१ बुधबार

संशोधन प्रस्ताव सफल हुन्न एमाले सचिव गुरुङ