राजनीति

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

हेटौँडा– स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन्।

नेपाली काँग्रेस मकवानपुरले ४ नं क्षेत्रमा आयोजना गरेको आमसभालाई आज मनहरिमा सम्बोधन गर्दै उनले सरकारले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गरेपनि उपलब्धि शून्य भएको बताएका हुन्।  लगानीलाई उपयोगमा ल्याउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गरे।

मन्त्री थापाले पुस महिनाभित्रमा स्वास्थ्यमा बीमाको व्यवस्था गर्नका लागि संसद्मा पेस गर्ने तयारी भएको जानकारी दिए। सबै नेपाली नागरिकको स्वास्थ्यमा बीमा गर्ने गरी काम गरिरहेको र संसद्मा पेस गरेर यसलाई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा मन्त्रालय लागेको उनले बताए।

सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको हित र विकासका काममा सबैको सहयोग आवश्यक रहेको बताए। उनले विकासको काम गरेर नै आम जनताको मन जित्न सकिने उल्लेख गरे। रासस

प्रकाशित: १२ पुस २०७३ १४:०६ मंगलबार

स्वास्थ्य शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा