राजनीति

अनिश्चितकालीन चक्काजामले राजापुर क्षेत्र अस्तव्यस्त

बर्दिया–पुर्नसंरचनाको सीमाकंनमा असन्तुष्ट बनेका खैरीचन्दनपुर गाविसवासीले सोमबारदेखि अनिश्चितकालीन चक्काजामको गर्ने घोषणा गरेका छन्। खैरीचन्दनपुरको जायज माग सम्बोधन गर्ने भन्दै राजापुर नगरपालिका बजार क्षेत्र बन्द गरेर आन्दोलनलाई समर्थन गरेको छ।

आक्रोशित स्थानीयले गरेको अबरोधकारण त्यस क्षेत्रको सवारी साधनको आवागम पूर्ण रुपमा ठप्प भएको छ। खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा समावेश गर्न पर्ने उनीहरुको माग छ। मंसिर १३ गतेदेखि सडकमा उत्रेका स्थानीयले माग सुनुवाई नभएको भन्दै अनिश्चिकालीन चक्का जाम गर्ने घोषणा गरेका हुन्। जिल्ला बिकास समितिको प्राविधिक समिति लगायत राजनीतिक दलले स्थानीयलाई झुक्याएर खैरीचन्दनपुरमा पाताभार गाविसमा समावेश गरेकोमा उनीले आपत्ति जनाउका छन्।

चक्काजामका कारण लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। कुटनीटिक नियोग र अत्यावश्यक सवारी साधनको आवागमन खुला गरिएपनि भाडाका सवारी साधन रोक लगाइएको छ। आफूहरुको माग सम्बाधेन नभएकाले सडकमा  उत्रिनु परेको संघर्ष समितिका सदस्य माधव निगमले बताए। आन्दोलनका लागि ३३ सदस्यीय संघर्ष समिति गठन भएको छ । आन्दोलनकारी नेपालकै लामो गेरुवा (कर्णाली) पक्कीपुलमा बसेर खैरीचन्दनपुर पश्चिम र पूर्वतर्फ चल्ने सवारी साधन ठप्प पारेका छन्। खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा जोड्दा सबैलाई पायक पर्ने स्थानीयको माग छ ।
 

प्रकाशित: २७ मंसिर २०७३ ०६:१७ सोमबार

अनिश्चितकालीन चक्काजामले राजापुर क्षेत्र अस्तव्यस्त