राजनीति

निर्वाचन नहुन्जेल सरकार परिवर्तन हुँदैनः सिटौला

पथरी (मोरङ)–  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका हुन्। सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उहाँले टिप्पणी गरे।

नेता सिटौलाले संसद्मा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुन्छ भने। उनले स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उल्लेख गरे।

सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताउँदै उहाँले भने, समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ। रासस

प्रकाशित: २३ मंसिर २०७३ ११:०६ बिहीबार

निर्वाचन नहुन्जेल सरकार परिवर्तन हुँदैनः सिटौला