राजनीति

संसोधन प्रस्ताव पक्षमा एमालेले मतदान गर्छः देउवा

फाइल फोटो।

विराटनगर— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान ससोधन प्रस्ताव बहुमतले पारित हुने दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर संसोधन प्रस्ताव ल्याएकाले बहुमतले पारित हुने दाबी गरे।

संशोधन प्रस्ताव अघि बढी सकेकाले अब पछि नहट्ने देउवाले स्पष्ट पारे। उनले भने ‘संविधान संसोधन अघि बढीसक्यो, बहुमतले पारित हुन्छ, तपाइँहरू ढुक्क हुनुहोस्।’

संसोधन प्रस्तावको पक्षमा संयुक्त मधेसी मोर्चा मात्रै नभई प्रमुख प्रतिपक्ष नेकपा एमालेसमेतले मतदान गर्ने देउवाले ठोकुवा गरे। उनले भने, ‘सबैदलसँग छलफल गरेर प्रस्ताव दर्ता गरिएकाले अहिले जे देखिए पनि मधेसी मोर्चा र एमालेले पनि पक्षमै मतदान गर्छन्।’
प्रदेश छुट्याएको भन्दै आन्दोलनमा उत्रेकाहरूलाई पनि चाँडै मिलाउने उनले बताए। ‘आन्दोलन गर्नेहरूलाई सम्झाइ बुझाई चाँडै मिलाउँछौं’, उनले भने।

मधेश र पहाडको विषय झिकेर गरिने आन्दोलनले निकास ननिस्कने उनको धारणा छ। संशोधन प्रस्ताव अघि बढी सकेकाले अब पछि नहट्ने देउवाले स्पष्ट पारे। उनले भने ‘संविधान संसोधन अघि बढीसक्यो, बहुमतले पारित हुन्छ, तपाइँहरू ढुक्क हुनुहोस्।’

स्थानीय निकायको निर्वाचन भने पुरानै संरचनाका आधारमा हुने संभावना रहेको उनको भनाइ थियो। प्रतिपक्ष एमालेले पुरानै संरचना अनुसार निर्वाचन गर्न भनिरहेको र कांग्रेस पनि पुरानै संरचनाका आधारमा निर्वाचन गर्न सकारात्मक रहेको उनले स्पष्ट पारे। देउवाले माओवादी केन्द्र र अन्य दलहरू पुरानै संरचनाको आधारमा स्थानीय निकायको निर्वाचनमा जान सहमत भए चा“डै स्थानिय निकायको निर्वाचन हुने बताए ।

प्रकाशित: १७ मंसिर २०७३ ०५:४२ शुक्रबार

संसोधन प्रस्ताव पक्षमा एमालेले मतदान गर्छः देउवा