राजनीति

५ नम्बर प्रदेशमा अर्थमन्त्री महरालाई घेराबन्दीको प्रयास

रोल्पा- पारिवारिक कार्यक्रममा रोल्पा आइपुगेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा घेराबन्दीमा परेका छन्। रोल्पा र प्युठानले संयुक्तरुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा उनी घेराबन्दीमा परेका हुन्। 

रोल्पा र प्यूठानले मन्त्री महरालाई आज हुने प्रदर्शनलाई सम्बोधन गर्न आग्रह गरेपनि उनी बुधबार राति नै राजधानी फर्किएका हुन्। राजधानी फर्कनका लागि रोल्पाबाट प्यूठानको भिङ्गृ आएका मन्त्री महरालाई स्थानीयवासीले अवरोध गरेपछि होलेरीको बाटो हँदै उनी दाङ जाने प्रयास गरेका थिए। 

सो सडकमा पनि रोल्पाका स्थानीयवासीले अवरोध गरेपछि मन्त्री महरा रोल्पा हुँदै सल्यानको कपुरकोटबाट दाङ हुँदै राजधानी गएको रोल्पाका पत्रकार दिनेश सुवेदीले जानकारी दिए।

दुवै जिल्लाका स्थानीयवासीले मन्त्री महराले संविधान संशोधनका बारेमा हालसम्म नबोलेको भन्दै आक्रोश ब्यक्त गरेका छन्। रासस
 

प्रकाशित: १६ मंसिर २०७३ ०५:३४ बिहीबार

नम्बर प्रदेशमा अर्थमन्त्री महरालाई घेराबन्दीको प्रयास