राजनीति

यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्यो: अध्यक्ष यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताएका छन्।

शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा रहनुभएको बताएका हुन्।

उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरुका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए। नवनिर्वाचित उपराष्ट्रपतिको विजय सबैको विजय भएको उनले प्रतिक्रिया दिए।  

उनले भने,‘अब के हो भन्दाखेरी एउटा इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा उहाँ हुनुहुन्थ्यो। र उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई, अर्को व्यक्तित्वलाई प्रोत्साहन दिनेछ भविष्यमा। र उहाँको यो विजय सबैको विजय हो।’

प्रकाशित: ३ चैत्र २०७९ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App