राजनीति

सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच वार्ता सुरु

फाइल तस्बिर ।

काडमाडौं–चिकित्सा शिक्षामा सुधारको माग राखेर १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका विषयमा सरकारी वार्ता टोली र डा. केसीका प्रनिनिधिबीच वार्ता सुरु भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा जारी वार्तामा डा. केसीले उठाउँदै आएका दश बुँदे मागका विषयमा छलफल केन्द्रित रहेको छ।

सरकारले शनिबार डा. केसीसँग वार्ता गर्न भन्दै दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। शिक्षा सचिव  शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोलीले शनिबार नै केसीमा मागका विषयमा जानकारी लिएको थियो। केसीले आफू वार्तामा सहभागी हुन नसक्ने भन्दै आफ्ना प्रतिनिधिसँग वार्ता गर्न आग्रह गरेका थिए।
वार्तमा  डा. केसीकातर्फबाट जीवन क्षेत्री, डा.वाइपी सिंह, रञ्जन झालगायत सहभागी छन्।

प्रकाशित: १२ मंसिर २०७३ ०७:०१ आइतबार

सरकारी वार्ता टोली केसीका प्रतिनिधिबीच वार्ता सुरु