राजनीति

राष्ट्रपति पौडेलले कांग्रेसको सबै जिम्मेवारीबाट दिए राजीनामा

राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन्।

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पदद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन्।

आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन्। आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २८ फाल्गुन २०७९ १०:४३ आइतबार

रामचन्द्र पौडेल