राजनीति

मान्छेहरु जिवनसँग किन असन्तुष्ट हुन्छन म बुझन् सक्दिन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव मस्तिष्कले दुनियाँ कब्जा गरेको उल्लेख गर्दै मान्छे भएर जन्मिन पाउनुनै ठूलो उपलब्धी भएको बताएका छन्।

‘मानिसले आफ्नो मस्तिष्कले गर्दा यो दुनियाँ कब्जा गरेको छ। मान्छेहरु जिवनसँग किन असन्तुष्ट हुन्छन म बुझन सक्दिन्। हामी  मानिस भएर जन्मिन पाएका छौं । सबैभन्दा ठूलो कुरा त्यही हो’, उनले शुक्रबार आयोजित एक कार्यक्रममा भने।

११३ औं श्रमिक महिला दिवसको अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा शुक्रबार आयोजित ‘प्रेरणादायी महिलाहरु, पुस्तक लोकार्पण, सम्मान तथा वृत्तचित्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन।

‘मान्छे भएर जन्मिन पाइएको छ। यो धर्ती देखिएको छ। आकासका जुनतारा देखिएको छ। सुर्य देखिएको छ। यो मौका पाएका छौं हामीहरुले’, उनले थपे, ‘सृष्टिको उत्कृष्ट कुरा पाइसकिएको छ। अब पाउने भनेको यही सम्मान हो।’  

यस्तो भन्दै गर्दा उनले कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका महिलाहरुलाई सम्मान गरेका थिए।

‘त्यही मस्तिष्कले गर्दा मानिस एक ठाँउबाट उड्छ । अर्को ग्राउण्डमा ओर्लन्छ । मानिसले रेल, बाटो बनायो, जहाज मात्र होइन पनडुब्बी पनि बनायो । १२ जना मान्छे अन्तरिक्षमा पठाइसक्यो’, ओलीले मानव मस्तिष्कका उपलब्धीहरुको ब्याख्या गर्दै भने।

कार्यक्रमा उनले र बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लाक्पाकुटी शेर्पा, बेटी बज्राचार्य, निलम केसी, गौरा प्रसाई, निलम ताम्राकार, सुशिला श्रेष्ठ, कृष्णा ताम्राकार, सावित्री थापा, निरकेशरी श्रेष्ठ र सुनमाया बुढालाई समाज रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेका थिए।

प्रकाशित: १९ फाल्गुन २०७९ १०:०६ शुक्रबार

केपी शर्मा ओली