राजनीति

लोक सेवा आयोगद्वारा नयाँ कानुन माग

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली नेतृत्वको टोलीले भेट गरी नयाँ संविधानबमोजिम आयोगका काम अघि बढाउन नयाँ कानुनको आवश्यकता भएको अवगत गराएको छ।

आयोगका अध्यक्ष मैनालीले आफूहरुले संविधान र कानुनप्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको भन्दै नयाँ संविधानले आयोगको दायित्व र भूमिकामा बढोत्तरी गरेको र यसलाई सम्पन्न गर्न नयाँ कानुनको खाँचो रहेको बताए।

नयाँ संविधानअनुसार आयोगको नयाँ विधेयक व्यवस्थापिका–संसद्मा पेस भए पनि पारित नभएकामा आयोगले छिटो पारित गराउन पनि प्रधानमन्त्रीसंग आग्रह गरेको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले विधेयक चाँडो पारित गराउन सक्दो प्रयास गर्ने बताउँदै आयोगले कर्मचारी भर्ना, नियुक्तिका सर्वमान्य सिद्धान्तलाई अक्षुण्ण राख्दै आफ्नो जिम्मेवारी विश्वसनीयरुपमा निर्वाह गरेकामा प्रशंसा व्यक्त गरेको आयोगका सहसचिव किरणराज शर्माले जानकारी दिए। रासस

 

प्रकाशित: ९ कार्तिक २०७३ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App